सनराइज क्यापिटलद्वारा हितग्राही खाता नविकरण गर्न आग्रह
काठमाडौैं । सनराइज क्यापिटल लिमिटेडले हितग्राही खाताको वार्षिक नविकरण शुल्क बुझाउन आग्रह गरेको छ ।
सनराइज क्यापिटल मार्फत हितग्राही खाता खोलि धितोपत्रको कारोबार गरिरहेका खातावालामध्ये नविकरण गर्न बाकि रहेका हितग्राही खातावालालाई चालु आर्थिक वर्षको असार मसान्तभित्र नविकरण शुल्क बुझाउन अनुरोध गरेको छ ।
यसका साथै, क्यापिटलका अनुसार आफुलाई पायक पर्ने सनराइज बैंकको नजिकको शाखा कार्यालय मार्फत १ सय रुपैयाँका दरले नविकरण शुल्क बुझाउन सकिने छ ।