१६ अंकले बढ्यो नेप्से, १० उपसूचकमा हरियाली छाउँदा हाइड्रोपावर र फाइनान्स उपसूचक घट्यो
१० जेष्ठ २०८०, बुधबार १५:१३

काठमाडौं । साताको चौथो दिन शेयरबजारमा सामान्य अंकको बढोत्तरी भएको छ । नेप्से सूचक आज १६ अंकले बढेर १९५९ विन्दुमा कायम भएको छ ।
अघिल्लो दिन उच्च अंकले बढेको नेप्से सूचक आज सामान्य बढोत्तरी मात्रै देखिएको हो । बैंकहरुको ब्याजदर अझै घट्ने संकेत देखिएपछि दुईदिन यता शेयरबजारमा रौनकता छाएको छ ।
नेप्सेमा सूचीकृत २७० कम्पनीको ४८ लाख ६५ हजार ४७५ कित्ता शेयर किनबेच हुँदा एक अर्ब ८७ करोडमाथिको कारोबार भएको छ ।
नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज फाइनान्स, हाइड्रोपावर र म्युचुअल फण्ड उपसूचक बाहेकका सबै उपसूचकमा हरियाली छाएको छ । सर्वाधिक आज उत्पादन तथा प्रशोधन उपसूचकको ४.६९ प्रतिशत र होटल तथा पर्यटन उपसूचकको ४.४७ प्रतिशतले बढेको छ ।