प्रोग्रेसिभ फाइनान्सको संस्थापक शेयर बिक्रीमा, जो कोहिले आवेदन दिन सक्ने
११ जेष्ठ २०८०, बिहीबार ०९:२३

काठमाण्डौं । प्रोग्रेसिभ फाइनान्स कम्पनीले संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।
कम्पनीले यसअघि विद्यमान संस्थापक शेयरधनीका लागि संस्थापक शेयर खरिद गर्न ३५ दिने सूचना जारी गरेको थियो । तर, संस्थापक शेयरधनीबाट कुनै खरिद आवेदन नपरेपछि अन्य व्यक्ति तथा संस्थाका लागि संस्थापक शेयर बिक्री खुला गरेको हो ।
इच्छुक लगानीर्ताले १५ दिनभित्र संस्थापक शेयर खरिदका लागि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । बिक्री गर्ने संस्थापक सेयरधनी नाम र बिक्री मूल्यका सम्बन्धमा काठमाण्डौको तीनकुनेस्थित कम्पनीको कर्पोरेट कार्यालयस्थित कम्पनी सचिवको कार्यालय सम्पर्क गर्न सकिनेछ ।