एसियन हाइड्रोपावरद्वारा वार्षिक साधारणसभा आह्वान, यस्ता छन् प्रस्ताव

काठमाण्डौं । एसियन हाइड्रोपावर लिमिटेडले आफ्नो चौथो वार्षिक साधारणसभा डाकेको छ । कम्पनीको बुधबार बसेको संचालक समितिको निर्णयले सभा जेठ ३२ गते ललितपुरको द इन्ट्रान्स क्याफेमा आह्वान गरेको हो । सो सभा विहान ११ बजेबाट सुरु हुनेछ ।
सभाले नियमावलीमा रहेका विभिन्न नियममा आवश्यक संशोधन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । नियमावली संशोधनमा नियमनकारी निकायबाट निर्देशन भएमा सोहीबमोजिम गर्न गराउन सञ्चालक समितिलाई पूर्ण रुपमा अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पनि सभाले स्वीकृत गर्नेछ ।
सभाले आर्थिक वर्ष २०७८–७९को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन अनुमोदन गर्नेछ । त्यस्तै, सभाले सर्वसाधारण समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने एकजना सञ्चालकको निर्वाचन गर्नेछ ।
वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले यही जेठ १९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यसको अर्थ यही जेठ १८ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो लघुवित्तको वार्षिक साधारणसभामा भाग लिन योग्य हुनेछन् ।