पूर्व प्रधानमन्त्री देउवासमक्ष शेयर लगानीकर्ताहरुले बुझाए ६ बुँदे माग, एकल अंकमा ब्याजदर कायम गर्नुपर्ने माग

काठमाडौं । पुँजी बजार सुधारको लागि शेयर लगानीकर्ताहरुले नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवासमक्ष ६ बुँदै मागपत्र बुझाएका छन् । घट्दै गइरहेको पुँजीबजार उत्थानको लागि लगानीकर्ताहरुले सभापति देउवासँग बिहिबार विभिन्न मागहरु पेश गरेका हुन् ।
लगानीकर्ताहरुले देउवासमक्ष वर्तमान पुँजीबजारको अवस्थालाई अवगत गराउँदै ६ बुँदेमाग पत्र बुझाएका हुन् । लगानीकर्ताहरुले शेयर कर्जामा लगाइएको १५० प्रतिशतको जोखिम भारित औसतलाई १०० प्रतिशत नै कायम गर्नुपर्ने, १२ करोड सम्मको शेयर कर्जाको सीमाले शेयरबजारलाई निरुत्साहित गरेको सो व्यवस्था फिर्ता गर्नुपर्ने जस्ता मागहरु गरेका छन् ।
साथै विद्यमान ब्याजदर हुन गई लगानी निरुत्साहित हुन गएकाले उक्त ब्याजदरमा पुनरावलोकन गरी एक अंकमा कायम गर्नुपर्ने जस्ता मागहरु राखेका छन् ।