एलआइसी नेपालद्वारा साढे २९ लाख रुपैयाँ मृत्यु दाबी भुक्तानी

११ जेष्ठ २०८०, बिहीबार १६:२३

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआइसी) नेपाल लिमिटेडले मृत्यु बीमा दाबी भुक्ताती गरेको छ । कम्पनीको दमौली शाखाले स्व. बीमितको परिवारलाई बीमा वापतको रकम हस्तान्तरण गरेको हो ।

कम्पनीले ब्यास नगरपालिका वडा नं. १ का नरबहादुर थापाको मृत्यु भएपश्चात् उनको हकवाला तथा श्रीमति मुना कुमारी थापालाई जेठ १० गते मृत्यु बीमा दाबी भुक्तानी गरेको हो । निज बीमित थापाले ३ बर्ष अगाडी २५ लाख रुपैयाँको जीवन बीमा गरेका थिए ।

उनको बिरामी भई उपचारको क्रममा मृत्यु भएको थियो । मृत्युपश्चात् थापाकी श्रीमति मुना कुमारी थापालाई एक कार्यक्रमको आयोजना गरी बीमा वापतको २९ लाख ४० हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको हो ।

उक्त चेक एलआइसी नेपाल दमौली शाखा प्रबन्धक मनहरी लोहनी, व्यास नगरपालिकाको उपमेयर इन्दिरा दरै एवं एजेन्सी म्यानेजर रिमा आलेबाट हस्तान्तरण गरिएको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*