सन नेपाल लाइफद्वारा बीमा दाबी भुक्तानी

११ जेष्ठ २०८०, बिहीबार १६:३०

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको विरगंज शाखाले बीमितको परिवार तथा हकवालालाई बीमा वापतको रकम हस्तान्तरण गरेको हो ।

कम्पनीले आदर्श कोतवाल –५ बारा निवासी स्वं बीमित हिरालाल साह कानु बैदेशिक रोजगारीको शिलशिलामा कुवेत गएको बेला निजको अचानक बिदेशमै मृत्यु भएकोले निजको श्रीमती मानदिल देवीलाई बीमा वापतको १४ लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको हो ।

मृतक बीमितको ससुरा र सोही गाउँका स्थानीयका साथै कम्पनीका देव नारायण प्रसाद लगायत कर्मचारीहरुको रोहबरमा उक्त रकम हस्तान्तरण गरिएको हो । उक्त चेक बिरगंज शाखाका शाखा प्रबन्धक श्रीराम प्रसादले हस्तान्तरण गरेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*