यस साता मात्रै नेप्सेमा थपिए ९ कम्पनीको बोनस शेयर, कुनको कति ?

११ जेष्ठ २०८०, बिहीबार १७:१५

काठमाडौं । यस साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ९ वटा कम्पनीको बोनस शेयर सूचीकृत भएका छन् । उक्त कम्पनीहरुको आ–आफ्नै साधारण सभाबाट पारित भएको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

जसमा पाँच लघुवित्त संस्था, दुई विकास बैंक, एक इन्स्योरेन्स कम्पनी र एक हाइड्रोपावर गरी कुल ९ कम्पनीको बोनस शेयर सूचीकृत भएका हुन् ।

छिमेक लघुवित्तको २२ प्रतिशत दरका ५१ लाख १३ हजार २० कित्ता, नेरुडे लघुवित्तको २२ प्रतिशत दरका १३ लाख २० हजार कित्ता, लक्ष्मी लघुवित्तको १५ प्रतिशत दरका कुल ५ लाख ७६ हजार ८१ कित्ता, इन्फिनिटी लघुवित्तको २०% दरका कुल ८ लाख २९ हजार २६ कित्ता र सबैको लघुवित्तको १८ प्रतिशत दरका कुल ४ लाख ८६ हजार कित्ता नेप्सेमा सूचीकृत भएका हुन् ।

साथै मितेरी डेभलपमेन्ट बैंकको १२.३५ प्रतिशत दरका कुल ११ लाख १५ हजार ७३३ कित्ता र सांग्रिला डेभलपमेन्ट बैंकको ८.५३४ प्रतिशत दरका २५ लाख ६९ हजार २२० कित्ता बोनस शेयर सूचीकृत भएको हो । त्यस्तै, युनाइटेड मोदी हाइड्रोपावरको ७ प्रतिशत दरका कुल ८ लाख ५ हजार कित्ता र एनएलजी इन्स्योरेन्सको १० प्रतिशत दरका कुल १३ लाख २६ हजार ६१४ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*