नाफा कमाएको निर्जिवन बीमा कम्पनीका शेयरधनीले कति गरे आम्दानी ? (सूचीसहित)

राजन कठायत
१४ जेष्ठ २०८०, आईतवार १३:३०

काठमाडौं । संचालनमा रहेका निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् ।निर्जिवन बीमा कम्पनीहरुको  मुनाफाको कारण प्रतिशेयर आम्दानीमा सुधार भएको देखिएको छ।

यस आर्थिक बर्षमा पाँच निर्जिवन बीमा कम्पनीहरुले मर्जर शुभारम्भ गरेको हुनाले गत आर्थिक बर्षको प्रतिशेयर आम्दानीमा थप सुधार देखिएको छ। दुबै कम्पनीको वित्तिय कारोबारको आधारलाई जोडेर कम्पनीले प्रतिशेयर आम्दानी निकाल्दा कम्पनी थप मजबुत देखिएको छ।

निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ४ अर्ब ४३ करोड ५० लाख रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएका छन्कम्पनीहरुले प्रकाशित गरेको वित्तीय विवरणका आधारमा गत आवको तुनलामा निर्जीवन बीमा कम्पनीहरुको खुद नाफा २६.६८ प्रतिशतले बढ्न पुगेको हो ।

यस अवधिसम्म अधिकांश कम्पनीहरुको मुनाफामा सुधार देखिएको छ । गत आर्थिक वर्षको यसै अवधिसम्म निर्जीवन बीमा कम्पनीहरुले ३ अर्ब ४५० करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएका थिए । नेपाल बीमा प्राधिकरणले आर्थिक वर्ष २०७८।७९ मा बीमा कम्पनीहरुलाई मर्जरका लागि फोर्स नीति ल्याएसँगै कम्पनीहरु मर्जरमा सामेल भएपछि नाफामा सुधार देखिएको हो ।

निर्जीवन बीमा कम्पनीहरुमध्ये तेस्रो त्रैमाससम्म आइपुग्दा नेको इन्स्योरेन्स, शिखर इन्स्योरेन्स र साविक प्रुडेन्सियल इन्स्योरेन्सको मुनाफा घटेको छ भने बाँकी सबै कम्पनीको नाफामा उल्लेख्य सुधार देखिएको छ ।चैत मसान्तसम्म सबैभन्दा बढी नाफा आर्जन गर्ने कम्पनीमा सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनी रहेको छ । कम्पनीले सो अवधिसम्म ६८ करोड ६४ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ ।

साथै मर्जरमा सामेल भएपछि सगरमाथा लुम्बिनी इन्योरेन्स पनि अब्बल बन्दै दोस्रो बढी नाफा कमाउने कम्पनी बनेको छ । सलिकोले यस अवधिसम्म ४१ करोड १४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

त्यस्तै, साविक सिद्धार्थ इन्स्योरेन्सले पनि सो अवधिसम्म ३९ करोड २६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ भने आरियन्टल इन्स्योरेन्सले ३९ करोड २२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

कम्पनीहरुले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार सरकारी स्वामित्व रहेको राष्ट्रिय बीमा कम्पनीको प्रतिशेयर आम्दानी सबैभन्दा बढी रहेको छ । यस अवधिसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ३४३ दशमलव २५ रुपैयाँ रहेको छ ।
राष्ट्रिय बीमा कम्पनीले लाभांश नबाडेको कारण दोस्रो बजारमा शेयर मूल्य समायोजन नभएको हुँदा कम्पनीको शेयर मूल्य सबैभन्दा धेरै रहेको छ ।

दोस्रोमा नेपाल इन्स्योरेन्स रहेको छ । यस अवधिसम्ममा कम्पनीको यस्तो आम्दानी २५ दशमलव ५६ रुपैयाँ रहेको छ ।तेस्रोमा नेको इन्स्योरेन्सको रहेको छ । यस अवधिसम्म्मा कम्पनीको यस प्रकारको आम्दानी २२ दशमलव ६५ रुपैयाँ रहेको छ ।

त्यस्तै, चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा युनाइटेड इन्सयोरेन्सको प्रतिशेयर आम्दानी १८ दशमलव ६ रुपैयाँ, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको १८ रुपैयाँ, शिखर इन्स्योरेन्सको १७ दशमलव ४७ रुपैयाँ, एनएलजि इन्स्योरेनसको १६ दशमलव २१ रुपैयाँ रहेको छ ।

समिक्षा अवधिसम्ममा सगरमाथा लुम्बिनी (सलिको) इन्स्योरेन्सको १ दशमलव ९८ रुपैयाँ, सानिमा जिआइसी इन्स्योरेन्सको १४ दशमलव २२ रुपैयाँ, हिमालयन एभरेष्ट इन्स्योरेन्सको १३।७४ रुपैयाँ, अजोड इन्स्योेरेन्सको १३ दशमलव ६९ रुपैयाँ प्रतिशेयर आम्दानी रहेको छ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा प्रभु इन्स्योरेन्सको प्रतिशेयर आम्दानी १२ रुपैयाँ रहेको छ ।

करपछिको नाफालाई कुल शेयर संख्याले भाग गर्दा आउने प्रतिफललाई नै प्रतिशेयर आम्दानी भनिन्छ । यसले कम्पनीको मुनाफा आर्जनको क्षमता देखाउने हुँदा कम्पनीको आधारभूत पक्षको विश्लेषणको प्रमुख सूचकको रुपमा लिइन्छ । यद्यपि, प्रतिशेयर आम्दानीले दोस्रो बजारको शेयरमा भने प्रभावित गरेको देखिँदैन ।

शेयरविज्ञका अनुसार नाफा बढ्नेबित्तिकै बैंकहरुको प्रतिशेयर आम्दानी स्वाभाविक बढ्ने बताउँछन् । उनका अनुसार प्रतिशेयर आम्दानी भनेको सर्वसाधारण लगानीकर्तालाई दिने प्रतिफलको आधार पनि हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*