यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

१४ जेष्ठ २०८०, आईतवार १५:०४

काठमाडौं । साताको पहिलो दिन शेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । गत साता सुधार देखिएको शेयरबजारमा आज १७ अंकको गिरावट आएको हो । नेप्से इन्डेक्स शुन्य दशमलव ८९ प्रतिशतले घटेर १९४१ विन्दुमा कायम हुन पुगेको छ ।

शेयरबजार घटेपनि कारोबार रकम भने अघिल्ला दिनको तुलनामा बढ्न पुगेको छ । आज २ अर्ब ६३ करोड ९६ लाख रुपैयाँमाथिको कारोबार भएको छ । सर्वाधिक शिवम् सिमेन्ट्सको २१ करोड ७९ लाखमाथिको कारोबार भएको छ ।

त्यस्तै, नेपाल टेलिकमको ९ करोड १३ लाख, सोल्टी होटलको ८ करोड ८६ लाख, चिलिमे हाइड्रोपावरको ८ करोड ३८ लाख र निफ्राको ७ करोड ८८ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*