१७ अंकले घट्यो नेप्से, ११ उपसूचक राताम्य हुँँदा कारोबार साढे दुई अर्ब

१४ जेष्ठ २०८०, आईतवार १५:१०

काठमाडौं । गत साता सुधार देखिएको शेयरबजार आज फेरी घट्न पुगेको छ । साताको पहिलो दिन नेप्से सूचक १७ अंकले घटेर १९४१ विन्दुमा कायम हुन पुगेको छ ।

गत साता एकाएक सुधार दखिएको धितोपत्र दोस्रो बजार आज फेरी घट्न पुगेको हो । नेप्सेमा सूचीकृत २७० कम्पनीको ७० लाख ५० हजार ३९ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ६३ करोड ९६ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज उत्पादन तथा प्रशोधन उपूचक र म्युचुअल फण्ड उपसूचक बाहेकका सबै सूचक घट्न पुगेको छ । सर्वाधिक आज होटल तथा पर्यटन उपसूचक २.७७ प्रतिशतले घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*