महालक्ष्मी लाइफ इन्स्योरेन्सद्वारा बीमा दावी भुक्तानी

१४ जेष्ठ २०८०, आईतवार १५:२९

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी चन्द्रगढी शाखाले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले बीमित सुमनकुमार ढकालको मृत्यु पश्चात् विमाङ्क ८ लाख र थप बोनस ४० हजार सहित ८ लाख ४० हजारको चेक शनिबार हस्तान्तरण गरेको हो ।

कम्पनीले एक विशेष कार्यक्रमकाबीच गुन्जन थापा र शाखा प्रमुख गीर्वाण भट्टराईले सो रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

२०७८ माघ ३० गतेबाट पोलिसी सुरु गरेका ढकालको गत कात्तिक २० गते निधन भएको थियो भने परिवारले माघ ३० गते बीमा रकम प्राप्तिका लागि मृत्यु दाबी भुक्तानी मांग गरेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*