नेप्सेमा प्रभु इन्स्योरेन्ससहित थप तीन कम्पनीको बोनस शेयर सूचीकृत
१४ जेष्ठ २०८०, आईतवार १६:५१

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप तीन कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । स्वरोजगार लघुवित्त, प्रभु इन्स्योरेन्स र हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआइडीसीएल)को आ–आफ्नै साधारण सभाबाट पारित भएको बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो ।
स्वरोजगार लघुवित्तको २२ प्रतिशत दरका कुल ११ लाख ३१ हजार १८ कित्ता, प्रभु इन्स्योरेन्सको ६.७० प्रतिशत दरका कुल ८ लाख ६४ हजार १०६ कित्ता र एचआइडीसीएलको ५ प्रतिशत दरका कुल १ करोड ६ लाख ३८ हजार १३३ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।
उक्त शेयर सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न पाइनेछ ।