सानिमा जीआइसी इन्स्यारेन्सको बार्षिक साधारण सभा जेठ ३२ गते, यस्ता छन् एजेण्डाहरु

१५ जेष्ठ २०८०, सोमबार १०:३०

काठमाडौं । सानिमा जीआइसी इन्स्यारेन्सको जेठ ३२ गते साधारण सभा डाकेको छ ।सभा अमृतभोक कालिकास्थान, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । साधारण सभामा संस्थापक सेयरधनीको तर्फबाट ३ जना र सर्वसाधारण सेयरधनीको तर्फबाट ३ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा छ ।

आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन माथि पनि छलफल हुनेछ । यस्तै, आर्थिक वर्ष २०७९/८० को लागि लेखापरिक्षक नियुक्त गर्ने प्रस्ताव पनि छ ।कम्पनीले यसपटक पनि सेयरधनीलाई कुनैपनि लाभांश वितरण नगर्ने भएको छ । यसर्थ, यो पटक कम्पनीका सेयरधनीको हात खाली हुनेछ । सभा प्रयोजनका लागि कम्पनीले जेठ १२ गते बुक क्लोज गरिएको छ ।

जेठ ११ गतेसम्म कायम सेरधनीहरु सभामा भाग लिन योग्य हुनेछन् । गत वर्षको कात्तिक ७ गतेबाट सानिमा जनरल र जनरल इन्स्योरेन्स एक आपसमा मर्ज भएर सानिमा जीआइसी इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार सुरु भएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*