एशियन लाइफ इन्स्योरेन्सको संस्थापक समूहतर्फको शेयर बिक्रीमा
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्री गर्ने भएको छ । कम्पनीका संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको शेयर बिक्री गर्नका लागि निवेदन दिएबमोजिम कम्पनीले उक्त शेयर बिक्री गर्नका लागि प्रक्रिया अघि बढाएको हो ।
कम्पनीले संस्थापक समूह तर्फको २४ हजार ८७१ कित्ता सेयर बिक्री गर्ने लागेको हो । उक्त सेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (जेठ १५ गते) ले ३५ दिन भित्र कम्पनीको केन्द्रिय कार्यालय मैतिदेवि काठमाडौंमा आवेदन दिन सकिनेछ ।
साथै, तोकिएको अवधि भित्र सेयर खरिदका लागि कुनै पनि आवेदन नपरेको खण्डमा उक्त सेयर अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।