सामाजिक सुरक्षा कोषको रकम परिवारको बीमामा उपयोग गरिने

१५ जेष्ठ २०८०, सोमबार १७:५२

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा सामाजिक सुरक्षा कोषको रकम उत्पादन मूलक तथा पूर्वाधार लगायका क्षेत्रमा लगानी गर्ने व्यवस्था मिलाइने घोषणा गरेको छ ।

वैदेशिक रोजगारका गएका नेपालीहरुलाई थप व्यवस्था गरिने घोषणा गरेको छ । आज आव २०८०।८१ को बजेट भाषण गर्दै अर्थमन्त्री डा. प्रकाश शरण महतले यस्तो बताएका हुन् ।

साथै सामाजिक सुरक्षा कोषको रकम कामदारको स्वास्थ्य उपचार, सन्ततीको शिक्षा, परिवारको बीमा, व्यवसायिक सिपसम्बन्धी तालिम संचालनमा उपयोग गरिने अर्थमन्त्री डा. महतले बताए । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई ८ अर्ब विनियोजन गरिएको अर्थमन्त्री महतले बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*