पूँजी बजारलाई सुदृढ गर्न धितोपत्रसम्बन्धी विद्यमान कानुनी व्यवस्थामा समय अनुसार संशोधन गर्न सक्ने व्यवस्था

१५ जेष्ठ २०८०, सोमबार १९:१२

काठमाडौं । सरकारले नेपालको पूँजी । बजारलाई सुदृढ र गतिशील बनाउन धितोपत्रसम्बन्धी विद्यमान कानुनी व्यवस्थामा समय अनुसार संशोधन गर्ने व्यवस्था गरेको छ।आगामी आर्थिक बर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा प्रकाश शरण महतले पुँजी बजारलाई सुदृढ र गतिशील बनाउन धितोपत्रसम्बन्धी विद्यमान कानुनी व्यवस्थामा समयानुकूल संशोधन गरी धितोपत्र औजारहरूको विस्तार र विविधिकरण गरिने बताए ।

अर्थमन्त्री महतले पूँजी वजारलाई पारदर्शी र प्रतिस्पर्धी बनाई लगानीकर्ताको हीत सुनिश्चित गर्दै पुँजी बजारमा संस्थागत लगानीकर्तालाई प्रोत्साहित गरिने र गैर आवासीय नेपालीलाई धितोपत्र बजारमा सूचीकृत भएका जलविद्युत र अन्य वास्तविक क्षेत्रका कम्पनीमा लगानी गर्न खुला गर्ने व्यवस्था मिलाइने बताए ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*