आइएमई लाइफ इन्स्योरेन्सको सरल जीवन बीमा योजनामा बीमितको आकर्षण बढ्दै

१६ जेष्ठ २०८०, मंगलवार १२:४१

काठमाडौं ।आइएमई लाइफ इन्स्योरेन्सको सरल जीवन बीमा योजनामा बीमितको आकर्षण बढ्दै गएको देखिन्छ । बजारमा पाईने पोलिसी भन्दा केही फरक र आकर्षण योजना सहित ल्याएको यस बीमा योजनामा बीमितहरु आकर्षणभएको देखिन्छ ।   विभिन्न आकर्षण सेवा सुविधा समावेश रहेको सो योजनाप्रति बीमितहरु सकरात्मक रहेको कम्पनीले जनाएको छ ।

कम्पनीको सो योजनामा बीमा अवधि पूरा भएपछि बीमाङ्क र बोनस प्राप्त हुनेछ । यसका साथै, बीमालेख धितोमा कर्जा सुविधा प्राप्त गर्न सकिने, आयकर छुट सम्बन्धि लाभ लिन सकिने लगायतका सेवा सुविधा रहेका छन् ।

उक्त जीवन बीमा योजना १६ वर्ष पुगेपछि सबैकालागि उपयुक्त रहेको कम्पनीको दावी रहेको छ । कम्पनीका अनुसार यस बीमा योजनामा ग्राहकहरुको सकारात्मक प्रतिकिया आईरहेको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*