साथीको विवाहमा प्रभु लाइफको जीवन बीमा योजना उपहार

१६ जेष्ठ २०८०, मंगलवार १७:३३

काठमाडौं । पछिल्लो समय विवाह, जन्मदिन, अन्नप्राशन लगायतका विशेष दिनको अवसरमा बीमा पोलिसी उपहार दिने प्रचलन बढ्दो क्रममा रहेको छ ।

यसैक्रममा बर्दिबास नपा–१४, महोत्तरी निवासी परमेश्वर महतोको विवाहमा साथीले प्रभु लाइफको जीवन बीमा योजना उपहार दिएका छन् । कम्पनीका बर्दिबास शाखा प्रमुख राकेश कुमार सिंहले आफ्ना साथी परमेश्वर महतोेको यही जेठ १५ गते सम्पन्न भएको विवाहमा प्रभु लाइफ इन्स्योरेन्सको जीवन स्पर्स बीमा योजना उपहार दिएका हुन् ।

आफ्नो साथीको बैबाहिक जीवनयापन सुनिश्चित गर्नको लागि उक्त उपहार दिएको शाखा प्रमुख राकेश कुमार सिंहले बताएका छन् । विवाहमा अन्य जिन्सी उपहार दिनु भन्दा जीवन बीमा योजना उपहार दिँदा यसले विशेष महत्व राख्ने र नयाँ संस्कारको सुरुवात हुने विश्वास व्यक्त गरे । यसले विवाहकै दिन देखिनै निश्चिन्त भविष्य प्रदान गर्ने आशा लिएको बताए ।

वैवाहिक कार्यक्रममा स्थानीय, आफन्त, पाहुनाका साथै प्रभु लाइफ इन्स्योरेन्सका बर्दिबास शाखा प्रमुख राकेश कुमार सिंह एवं अभिकर्ताहरुको उपस्थिती रहेको थियो । परमेश्वर महतोको विवाह अम्बिका महतोसँग भएको हो । होटल व्यवसायी दुलाहा परमेश्वर महतोे विभिन्न संघ संस्थासँग समेत आवद्ध रहेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*