लगानीकर्तालाई आन्तरिक राजश्व विभागको सूचना, ५ वा ७.५ प्रतिशत पुँजिगत लाभकर नै अन्तिम हुने स्पष्टोक्ति
आन्तरिक राजश्व विभागले लगानीकर्ताहरुको लागि एक सूचना जारी गरेको छ । धितोपत्र बिक्री गर्दा हुने लाभमा नियमानुसार दाखिला भएको ५ र ७।५ प्रतिशत पूँजीगत लाभकर नै अन्तिम हुने स्पष्टिकरण सहित सूचना जारी गरेको हो ।
विभागले ५ र ७.५ प्रतिशत पूँजीगत लाभकर नै अन्तिम हुने साविकको व्यवस्थामा कुनै परिवर्तन नभएको समेत प्रष्ट पारेको हो ।
आर्थिक विधेयक २०८० को दफा २९ बमोजिम धितोपत्रको नियमित व्यवसायिक कारोबार गर्ने प्राकृतिक व्यक्तिलाई प्रदान गरिएको छुट सुविधाका सम्बन्धमा सेयर बजारमा लगानी गर्नै लगानीकर्ताहरुमा केही द्विविधा उत्पन्न भएको विषय विभिन्न माध्यमबाट जानकारीमा आएको साथै नेपाल इन्भेष्टर्स फोरम, सेयर लगानीकर्ता संघ नेपाल र नेपाल पूँजीबजार लगानीकर्ता संघद्वारा जारी संयुक्त प्रेस विज्ञप्ति समेत प्राप्त हुन आएको सन्दर्भमा निम्नानुसार स्पष्ट गरिएको व्यहोरा अनुरोध छ । विभागको सूचनामा अगाडि भनिएको छ,नियमित व्यवसायको रुपमा नभई पटके रुपमा लगानी गरेको धितोपत्र बिक्री गर्दा हुने लाभमा साविक बमोजिमकै कानूनी व्यवस्था कायम रहेको
छ । त्यस्तो कारोबारबाट भएको लाभमा नियमानुसार दाखिला भएको ५ प्रतिशत वा ७।५ प्रतिशत पूँजीगत लाभकर अन्तिम हुने कानूनी व्यवस्थामा कुनै परिवर्तन नभएको व्यहोरा सम्बन्धित लगानीकर्ताको जानकारीका लागि यो सूचना जारी गरिएको छ ।
पातकी चटकेहरू ।
कति पटक सम्मको कारोबार पटके हुने हो त ?