सुनको मूल्यले बनायो नयाँ रेकर्ड, एक तोलो सुन किन्दा एक लाख १२ हजार पाँच सय खर्चिनुपर्ने

१८ जेष्ठ २०८०, बिहीबार ११:१७

काठमाडौं । पछिल्लो समय नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । यसै क्रममा आज सुनको मूल्य पाँच सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावालाको सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेर १ लाख १२ हजार ५ सय रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख ११ हजार ९५० रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन १ हजार ३९५ रुपैयाँमा कारोबार भएको चाँदी तोलामा १५ रुपैयाँले बृद्धि भई प्रति तोला १ हजार ४१० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*