पुँजीगत लाभकरलाई नै अन्तिम कर कायम गर्नुपर्ने माग राख्दै लगानीकर्ता आन्दोलनमा

१८ जेष्ठ २०८०, बिहीबार १२:३८

काठमाडौं । नेपाली पुँजी बजारका लगानीकर्ताहरु आन्दोलनमा उत्रिएका छन् । बिहीबारदेखि अन्दोलनमा उत्रिएका शेयर लगानीकर्ताहरु ज्ञापनपत्र बुझाउन धितोपत्र बोर्ड र ब्रोकर एशोशियसन जाने भएका हुन् ।

सरकारले पूँजीगत लाभकरको करका दरमा हेरफेर गरेपछि लगानीकर्ताहरुले आन्दोलनको घोषणा गरेका हुन । सोहि क्रममा आज लगानीकर्ताहरुले ब्रोकर एशोशियसनलाई समेत ज्ञापन पत्र बुझाएर टिएमएस बन्द गरी आन्दोलनमा उत्रन आग्रह गर्ने भएका हुन् ।

आन्दोलनका क्रममा रहेका केहि लगानीकर्ताहरु बुझाउन धितोपत्र बोर्डमा ज्ञापत्र पत्र बुुझाउन समेत पुगेका छन् । उनीहरुले अल्पकालिन र दीर्घकालिन लगानीकर्ताको लागि कायम गरिएको ५ प्रतिशत र साढे ७ प्रतिशत करलाई नै अन्तिम कर मान्नुपर्ने लगायतका मागहरु राखेका छन्।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) घेराउको लागि सयौं संख्यामा आन्दोलित रहेका लगानीकर्ताहरु जाने कार्यक्रम रहेको छ । सबै लगानीकर्ताहरु नेप्से घेराउको लागि जाने र आफ्नो माग सम्बोधन गराउन दबाव दिने भएका हुन ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*