सेबोनबाट अनुमति पाएका सात ब्रोकरले सदस्यताका लागि नेप्सेमा दिए निवेदन
![](https://www.beemapost.com/wp-content/uploads/2022/09/broker-and-nepse.jpg)
काठमाडौं । धितोपत्र दलाल व्यवसायीको लाइसेन्स पाएका सात ब्रोकर कम्पनीले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सदस्यताको लागि निवेदन दिएका छन् । धितोपत्र बोर्ड (सेबोन)बाट ब्रोकर कम्पनीको लागि लाइसेन्स प्राप्त गरेका कम्पनीहरुले यसै साता नेप्सेमा सदस्यका लागि निवेदन पेश गरेका हुन् ।
निवेदन दिनेहरूमा भोले गणेश सेक्युरिटी, क्यापिटल म्याक्स सेक्युरिटी, हिमालयन ब्रोकरेज, सन सेक्युरिटी, मियो सेक्युरिटी, शेयरप्रो सेक्युरिटी र प्रोपर्टि विजार्ड रहेका छन् । यसअघि धितोपत्र बोर्डले आशय पत्र प्रदान गरेकामध्ये आवश्यक पूर्वाधार पूरा गरेका सात वटालाई ब्रोकर कारोबार सञ्चालन अनुमति प्रदान गरेको थियो।
नेप्सेमा निवेदन दिएका सात ब्रोकर कम्पनी सञ्चालनमा आइसकेपछि नेपालमा ब्रोकर सङ्ख्या ५७ पुग्नेछ । हाल ५० वटा धितोपत्र ब्रोकर सञ्चालनमा छन्।