लगानीकर्ताको आन्दोलनलाई ब्रोकर नम्बर १० को समर्थन, नेप्से बन्द हुनु १५ मिनेट अगावै टिएमएस बन्द
१८ जेष्ठ २०८०, बिहीबार १५:२५
काठमाडौं । शेयर लगानीकर्ताहरुको आन्दोलनलाई समर्थन गर्दै ब्रोकर नम्बर १० ले ‘प्रज्ञान सेक्युरिटिज प्रा.लि.’ले पनि टिएमएस सेवा ३ बजेभन्दा अगाडि नै बन्द गरेको छ । ब्रोकर कम्पनीका अनुसार लगानीकर्ताहरुको आग्रहबमोजिम टिएमएस सेवा शेयर मार्केट बन्द हुनुभन्दा १५ मिनेट अगाडी बन्द गरिएको हो ।
लगानीकर्ताहरुले आगामी आवको बजेट घोषणामा पुँजीगत लाभकर घटाउनुपर्ने माग गर्दै आइरहेका छन् । हाल ५ प्रतिशत र ७.५ प्रतिशत पुँजीगत लाभकरको व्यवस्थालाई घटाउनुपर्ने माग सम्बोधन नभएपछि लगानीकर्ताहरु आन्दोनमा उत्रिएका हुन् ।
साथै लगानीकर्ताहरुले टिएमएस सेवा बन्द गरी ब्रोकर कम्पनी तथा लगानीकर्ताहरुलाई समर्थन जनाउन अनुरोध समेत गरेका छन् ।