लगानीकर्ताहरुले टीएमएस बन्द गर्न दिए सुझाव,सेवा बन्द गर्न मिल्दैन, आजै अर्थमन्त्रालयमा सुझाव लिएर जान्छौः नेप्से

१८ जेष्ठ २०८०, बिहीबार १५:३३

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा लगानीकर्ताहरुले टीएमएस बन्द गर्ने सुझाव लिएर पुगेको छन् । नेप्सेले टीएमएस बन्द गर्न नमिल्ने बरु अर्थमन्त्रालयमा यस बिषयमा चाडो सुनुवाईको लागि सन्देश पुराउने जानकारी दिएको छ ।

पुँजीगत लाभकर विषयमा आन्तरिक राजस्व विभागले बुधबार जारी गरेको सूचनाबाट रुष्ट बनेका लगानीकर्ताहरुले टीएमएस बन्द गर्न आग्रह गर्दै ज्ञापनत्र बुझाएपछि नेप्सेले यस्तो प्रतिक्रिया दिएको हो। ज्ञापनपत्र बुझ्दै नेप्सेले यो माग उचित नभएको भन्दै सम्बन्धीत ठाँउमा यस बिषयमा कुरा राखेर चाडै निक्यौल निकाल्ने भएको नेप्सेका एक उच्च अधिकारीले जानकारी दिएका छन् ।

लगानीकर्ताका तर्फबाट तिलक कोइरालाले नेप्सेमा ज्ञापनपत्र बुझाएका थिए। फुयालले करका विषयमा लगानीकर्ताका मागमा आफ्नो नैतिक समर्थ रहेको बताए। ‘तर, टीएमएस बन्द गर्न मिल्दैन’, उनले भने।
फुयाँलले आजै लगानीकर्ताले उठाएका मागका विषयमा अर्थ मन्त्रालय पुगेर जानकारी गराउने पनि बताए। लगानीकर्ताहरुले आजै नेपाल धितोपत्र बोर्ड (सेबोन) र स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालमा पनि टीएमएस बन्द गर्नुपर्ने मागसहितको ज्ञापनपत्र बुझाएका छन्।

विभागले जारी गरेको नोटिसमा लगानीकर्तालाई ‘नियमित’ र ‘पटके’ भनेर अपमान गरेको भन्दै आपत्ति जनाएका थिए। उनीहरुले यसविरुद्ध सेयर कारोबार हल्ट (रोक्ने)सम्मको आन्दोलन गर्ने चेतावनी दिएका छन्। यसका लागि टीएमएस बन्द गर्न आह्वान गरिएको थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*