भारतबाट फेरी बढेर आयो पेट्रोलियम पदार्थको मूल्य

१८ जेष्ठ २०८०, बिहीबार १६:५९

काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ । भारतीय आयल निगम (आइओसी)ले पेट्रोल र डिजेलको मूल्य बढाएर पठाएको हो । आइओसीले हरेक १५ दिनमा पठाउने पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची अनुसार डिजलमा प्रतिलिटर २.४ रुपैयाँ र पेट्रोलमा २.८ रुपैयाँ मूल्य बढेर आएको हो ।

नेपाल आयल निगमका अनुसार यो नयाँ मूल्यसूची अनुसार निगमलाई अब पेट्रोलमा प्रतिलिटर १३ र डिजलमा प्रतिलिटर १५ रुपैयाँ नाफा हुनेछ । यसैगरी, एलपी ग्यासमा प्रतिसिलिण्डर ४९ रुपैयाँ मूल्य घटेर आएको छ । निगमका अनुसार अब ग्यास हुँदै आएको घाटा प्रति सिलिण्डर १६० रुपैयाँमा सिमित भएको छ ।

यही मूल्य यथावत रहेमा निगमले आगामी १५ दिनमा १ अर्ब ७५ करोड नाफा कमाउने निगमले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*