गोल्छा ग्रुपद्वारा प्रस्तुत ग्लोकल टिन हिरो नेपाल २०२३ को नवौं संस्करणको लागि आवेदन खुल्ला

काठमाडौं । गोल्छा गु्रपद्वारा प्रस्तुत ग्लोकल टिन हिरो नेपाल २०२३ को नवौं संस्करणको लागि आजदेखि आवेदन खुलेको घोषणा गरिएको छ । यस बर्षको ग्लोकल टिन हिरो नेपाल सेप्टेम्बर १, २०२३ मा हुने अवार्ड कार्यक्रम र सम्मेलन मार्फत घोषणा गरिनेछ ।
ग्लोकल टिन हिरो, ग्लोकल प्रा.ली.को एक कार्यक्रम हो जहाँ किशोरकिशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउने कार्य गरिन्छ। ग्लोकल टिन हिरो एक यस्तो प्लेटफर्म हो जसले किशोर किशोरीहरुको कार्यहरुलाई पहिचान मात्र नगरी उनीहरुको प्रतिभा उजागर गर्न पनि मद्दत गर्दछ ।
यस उपाधिको माध्यमबाट किशोरकिशोरीहरुमा उद्यमशील सोच विकास एवं रचनात्मक सुरुवातको लागि थप उर्जा प्रदान गरिनेछ। नेपालबाट सन् २०१५ मा सुरु भई, काठमाडौंका किशोर किशोरीहरूलाई मात्र लक्षित गरेर पछि सन् २०१६ सम्ममा यसले नेपालका सबै किशोर किशोरीहरूको लागि राष्ट्रिय मञ्च उपलब्ध गराउन राष्ट्रव्यापी रूपमा आफ्नो कार्य विस्तार गरेको थियो । हालसम्म नेपालका आठ किशोर किशोरिहरुलाई ग्लोकल टिन हिरो नेपालका रुपमा सम्मानित गरिएको छ । अन्य दक्षिण एसियाली देशहरूमा आफ्नो क्षितिज विस्तार गर्ने परिकल्पनाका साथ, ग्लोकल टिन हिरोलाई भारतमा, श्रीलंकामा र त्यसपछि बंगलादेशमा क्रमशः २०१९, २०२० र २०२२ मा सुरु गरिएको थियो ।
सेप्टेम्बर १, २०२३ मा ग्लोकल टिन हिरोे नेपाल आयोजना गरिनेछ । शिक्षा, उद्यमशीलता, कूटनीति, एवम अन्य विविध क्षेत्रका ब्यक्तित्वहरुको उपस्थितीमा यो कार्यक्रम सञ्चालन गरिनेछ । ग्लोकल टिन हिरो फेसबुक पेज र बिभिन्न मिडिया टेलिभिजन मार्फत यो लाइभ स्ट्रिम पनि हुनेछ ।
देशभरिका प्रभावशाली किशोरकिशोरी आफैमा एउटा नयाँ सोच, विचार एवं सम्भावना तथा समाज परिवर्तनका नविन आयाम बोकेका हुन्छन् । सानै उमेरमा पनि ठुलठुला सपना एवं नविन प्रयासका कामहरुले समाज रुपान्तरण गर्न उमेर हैन सोच ठुलो हुनुपर्छ भन्ने कुरा बयान गरेको पाईन्छ । समाजसेवा, पत्रकारिता, रोबोटिक्स, कम्प्युटर प्रोग्रम्मिंग, उद्यमशीलता एवं सामाजिक चेतना, वातावरण संरक्षण, सामाजिक रुपान्तरनका कार्यहरु लगयता बिभिन्न अन्य क्षेत्रमा आफ्नो कौशलता दर्साएका प्रतिभावान किशोर किशोरिहरुले https://glocalteenhero.com/nepal/ मार्फत निशुल्क आवेदन भर्न सक्ने छन् । यस बाहेक, तपाईहरुले चिनेका अद्भुत किशोर किशोरीहरूलाई मनोनयन पनि गर्न सक्नेछन् । गोल्छा टिमले पूर्वदेखि पश्चिमसम्म नेपालका विभिन्न ६२ सहरहरूमा किशोरकिशोरीहरूसँग अन्तरक्रिया गर्ने जनाएको छ ।
पहिलो चरणमा कुल आवेदनहरुको पहल, प्रभाव र उपलब्धिका आधारमा ग्लोकल २० अन्डर २० को छनोट गरिनेछ । त्यसपछि उनीहरुको दृष्टिकोण, कामको सुरुवात र प्रभावको आधारमा उत्क्रिस्थ ६ को छनोट हुनेछ र अन्तिम चरणमा ६ जनाको व्यक्तित्व मापदण्ड, मनोवृत्ति र दुरदर्सनको मापनको लागि अन्तर्वार्ता हुनेछ र ग्लोकल टीन हीरो नेपाल २०२३को बिजेता घोषणा गरिनेछ ।
अन्तिम स्क्रीनिंग र साक्षात्कारका लागि निर्णायक टोलीमा गोल्छा गु्रप प्रा लिमिटेडकी निर्देशक सीमा गोल्छा, कोकाकोला कम्पनीका कन्ट्री निर्देशक आदर्श अवस्थी, ज्योतिग्रुप अफ कम्पनीका निर्देशकसौरभ ज्योति, नेपालका लागि प्रतिनिधि क्यारोलिन स्पन्नुथ वर्मा र युनिसेफ नेपाल हुनेछन् ।












