समस्याग्रस्त सुपर लघुवित्त संचालनका लागि व्यवस्थापन समूह गठन गर्दै नेपाल राष्ट्र बैंक, २२ दिनसम्म पनि भेटिएन दक्ष व्यक्ति

२१ जेष्ठ २०८०, आईतवार १३:२७

काठमाडौं । नेपाल राष्ट्र बैंकले समस्याग्रस्त सुपर लघुवित्त वित्तीय संस्थाको व्यवस्थापन तथा संचालन गर्न दुईजना व्यवस्थापन समूह गठन गर्ने भएको छ । केन्द्रीय बैंक लघुवित्त संस्था सुपरिवेक्षण विभागले यसअघि रकम हिनामिना भएकोमा सुपर लघुवित्तलाई समस्याग्रस्त घोषणा गरेको थियो ।

दाङ, तुलसीपुरमा केन्द्रीय कार्यालय रहेको सुपर लघुवित्तको व्यवस्थापन वा संचालन गर्न नेपाल राष्ट्र बैंकले दुईजना व्यवस्थापन समूह गठन गर्न दरखास्त आह्वान गरेको छ । राष्ट्र बैंकले दुईपटक दरखास्त आह्वानका लागि सूचना जारी गरिसक्दा समेत सुपर लघुवित्त संस्थाको व्यवस्थापन वा संचालन गर्न सो पदमा कसैले इच्छा ब्यक्त गरेको देखिएको छैन ।

यसअघि केन्द्रीय बैंकले गत वैशाख २८ गते सूचना प्रकाशित गरेको थियो । सो केन्द्रीय बैंकले तोकेको म्यादभित्र कसैबाट दरखास्त नपरेको कारण राष्ट्र बैंकले पुनः जेठ १९ गते दरखास्त आह्वान सम्बन्धी सूचना जारी गरेको छ । राष्ट्र बैंकले एक जना संयोजक र एकजना सदस्य गरी दुईजना व्यवस्थापन समूह गठन गर्न लागेको हो ।

सो पदका लागि व्यवस्थापन, बैकिङ्ग, अर्थशास्त्र वा तथ्याङ्कशास्त्र लगायतका विषयमा स्नाकोत्तर तह उत्तीर्ण गरी बैकिङ्ग क्षेत्रमा कम्तिमा १० वर्षको अनुभव भएको हुनुपर्ने जनाएको छ । साथै सदस्य पदका लागि केन्द्रीय बैंकले कम्तिमा ५ वर्षको अनुभव भएको हुनुपर्ने जनाएको छ ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले जेठ २५ गतेभित्र दरखास्त दिन सक्नेछन् । केन्द्रिय बैंकका अनुसार संयोजकको परिाश्रमिक १ लाख २५ हजार रुपैयाँ र सदस्यको लागि १ लाख ५ हजार रुपैयाँ मासिक तलब प्रदान गरिनेछ ।

राष्ट्र बैंकले गत माघ २३ गतेदेखि संस्थाको विद्यमान संचालक समितिलाई निलम्बन गरेको थियो । संस्थाको व्यवस्थापन राष्ट्र बैंकको नियन्त्रणमा लिई बैंकबाट ‘नियुक्त अधिकारी’ (व्यवस्थापन समूह) नियुक्त गरी सोही समूहमार्फत संस्थाको व्यवस्थान संचालन गर्ने व्यवस्था गरिएको थियो । व्यवस्थाअनुरुप नभएपछि सुपर लघुवित्तको व्यवस्थापन तथा संचालन गर्न केन्द्रीय बैंकले व्यवस्थापन समूह गठन गर्न लागेको हो ।

 

सुपर-लघुवित्त-वित्तीय-संस्था-लि.-सम्बन्धी-दरखास्त-आवेदन-फारम-तथा-जानकारीहरु-2

 

 

 

 

सुपर लघुवित्तको सम्पूर्ण व्यवस्थापन नियन्त्रणमा लिने नेपाल राष्ट्र बैंकको निर्णय, घोटाला काण्ड पछि संचालक समिति निलम्बन

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*