सानिमा रिलायन्स लाइफको अभिकर्ता पुनर्ताजगी तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न, उत्कृष्ट बिजनेश भित्र्याउने टप १० अभिकर्ता सम्मानित

२१ जेष्ठ २०८०, आईतवार १४:३३

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले अभिकर्ता पुनर्ताजगी तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न गरेको छ । साविक सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी दुईबाट एक भएपछि सानिमा रिलायन्स लाइफको चाबहिल क्षेत्रीय अन्तर्गत उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कम्पनीले चाबहिल क्षेत्रका अभिकर्ताहरुसमक्ष अभिकर्ता पुनर्ताजगी तथा उत्प्ररेणा कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रम धुम्बाराहीस्थित प्याराडाइज गार्डेन रेष्टुरेन्ट एण्ड भिलेजमा शनिबार सम्पन्न भएको थियो । कार्यक्रममा ३०० जना अभिकर्ताहरुको उपस्थित रहेको थियो ।

उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) शिवनाथ पाण्डे, डिसिइओ निराजन कंडेल, डिजिएम चुडामणि चापागाई, क्षेत्रीय प्रबन्धक नरेश थापा, चिफ बिजनेश अफिसर गुणराज श्रेष्ठ लगायत चाबहिल क्षेत्रका १५ शाखा प्रमुखका साथै  अभिकर्ताहरुको उपस्थिती रहेको थियो ।

प्रमुख कार्यकारी अधिकृत पाण्डेले उपस्थित अभिकर्ताहरुलाई मोटिभेशनल ट्रेनिङ दिएका थिए । साथै उनले कम्पनीको बीमा ब्यवसाय बृद्धिमा अभिकर्ताहरुको योगदान उच्च रहेको बताउँदै बीमा क्षेत्रमा सानिमा रिलायन्स लाइफ अघि बढिरहेको बताए ।

करिब ३०० जनाको उपस्थित रहेको उक्त कार्यक्रममा सहभागी उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान गरिएको थियो । चालु आर्थिक वर्ष २०७९।८० को तेस्रो त्रैमाससम्म सबैभन्दा बढि बिजनेश भित्र्याउने चाबहिल क्षेत्रका उत्कृष्ट १० जनालाई सिइओ पाण्डेले अवार्ड प्रदान गरेका थिए ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*