आइएमई लाइफ इन्स्योरेन्सलाई प्रिमियम मूल्यमा आइपीओ जारी गर्न बोर्डको अनुमति

२३ जेष्ठ २०८०, मंगलवार १८:२०

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले प्रिमियम मूल्यमा आइपीओ निष्काशन गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले आइएमई लाइफलाई प्रिमियम मूल्यमा आइपीओ जारी गर्न अनुमति प्रदान गरेको हो ।

कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा थप १३६ रुपैयाँ ९१ पैसा प्रिमियम मूल्य सहित आइपीओ निष्काशन गर्न सेबोनबाट अनुमति पाएको हो । बोर्डले कम्पनीले जेठ २३ गते मंगलबार अनुमति दिएको हो ।

आइएमई लाइफले अब प्रतिकित्ता २३६ रुपैयाँ ९१ पैसामा आईपीओ निष्काशन गर्नेछ । कम्पनीले प्रति कित्ता २३६ रुपैयाँ ९१ पैसाका दरले २ अर्ब ७६ करोड ७ लाख ७४ हजार रुपैयाँ बराबरको आइपीओ निष्काशन गर्ने भएको हो । अब कम्पनीले १ करोड २० लाख कित्ता आइपीओ जारी गर्नेछ । कम्पनीको आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*