बीमकले कुल सम्पत्तिको आधारमा पुँजिकोष कायम गर्नुपर्ने बीमा कोष र जगेडामा समेत नयाँ व्यवस्था

२४ जेष्ठ २०८०, बुधबार १३:५८

काठमाडौं। बीमा कम्पनीहरुले कुल सम्पत्तिको आधारमा नेपाल बीमा प्राधिकरणले निर्धारण गरे बमोजिम पुँजिकोष कायम गनुपर्ने भएको छ।

बीमा ऐनमा यस्तो व्यवस्था राखिएको छ। बीमा नियामावलीको १७ बुँदा पुँजिबजार सम्बन्धी व्यवस्थामा यस्तो व्यवस्था राखिएको छ। उक्त व्यवस्थामा बीमकले आफनो कुल सम्पत्ति वा कुल जोखिभारीत सम्पत्तिको आधारमा प्राधिकरणले निर्धारण गरे बमोजिम पुँजिकोष कायम गनुपर्ने व्यवस्था राखिएको छ।

त्यस्तै,, बीमाकोष ऐनको दफा ३८ बमोजिम बीमकले सल्भेन्सी मार्जिन तथा पुँजिकोष कायम गर्ने प्रायोजनाका लागि प्राधिकरणले निर्धारण गरे बमोजिमको रकम बीमाकोषमा सानुपर्ने व्यवस्था रहेको छ।
त्यस्तै, अनिवार्य जगेडा कोषमा भने ऐनको दफा ३९ को उपदफा (२) को खण्ड (क) बमोजिम जीवन बीमा व्यवसाय गर्ने बीमकले अनिवार्य जगेडा कोषमा कायम गनुपर्ने रकम जीवन बीमा कोष अडा गरि राख्नुपर्ने व्यवस्था रहेको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*