बीमा नियमावली बमोजिम बीमा सर्भेयरको इजाजतपत्रमा कडाई, यस्तो छ नयाँ व्यवस्था

२४ जेष्ठ २०८०, बुधबार १६:०५

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा नियमावली २०८० को मस्यौदा तयार पारेको छ । बीमा नियमावली बमोजिम बीमा सर्भेयरको इजाजतपत्रको लागि प्राधिकरणले कडाई गरेको छ ।

बीमा सर्भेयरको रुपमा कार्य गर्न योग्यता पुगेका इच्छुक ब्यक्तिले आफ्नो विशेषज्ञतासँग सबन्धीत बीमाको कुनै एक प्रकार (पोर्टफोलियो) को सर्भे इजाजतपत्रको लागि विभिन्न कागजातहरु पेश गर्नुपर्ने व्यवस्था राखिएको छ । बीमा सर्भेयरका लागि नागरिकताको प्रमाणपत्र, शैक्षिक योग्यता खुल्ने कागजात, प्राधिकरणले संचालन गरेको उपनियम बमोजिमको सम्बन्धीत विषयको परिक्षा उत्तीर्ण गरेको प्रमाणपत्र पेश गर्नुपर्नेछ ।

साथै यता संस्थागत सर्भेयरको हकमा कम्पनी दर्ता प्रमाणपत्रको प्रतिलिपि, बीमा सर्भेयर भई कार्य गर्ने उद्देश्य उल्लेख भएको प्रबन्धपत्र र नियमावलीको प्रतिलिपि, कर चुक्ताको प्रमाणपत्र, प्रचलित कानून बमोजिम कालो सूचीमा नरहेको प्रमाणपत्र र सर्भे गर्ने इजाजत लिन चाहेको बीमाको पोर्टफोलियो विषयसँग सम्बन्धीत सर्भेयर सो संस्थामा कार्यरत रहेको प्रमाणपत्र पेश गर्नुपर्नेछ ।

साथै बीमा नियमावलीमा प्राप्त निवेदन उपर जाँचबुझ गर्दा निजलाई बीमा सर्भेयरको इजाजतपत्र दिन उपयुक्त देखिएमा नियमावलीको अनुसूची ७ बमोजिमको शुल्क लिई अनुसूची ११ बमोजिमको ढाँचामा इजाजतपत्र उपलब्ध गराइनेछ ।

अनुसूची ७ अनुसार बीमा सर्भेयर इजाजतपत्रका लागि व्यक्तिगत सर्भेयरको हकमा १० हजार रुपैयाँ र संस्थाको हकमा २० हजार रुपैयाँ शुल्क लाग्नेछ । साथै नियमन शुल्क १ हजार लाग्ने व्यवस्था रहेको छ । साथै बीमा सर्भेयरका लागि नविकरण शुल्क व्यक्तिगत सर्भेयरको हकमा १० हजार रुपैयाँ र संस्थागत सर्भेयरको हकमा २० हजार रुपैयाँ लाग्नेछ, भने बिलम्ब शुलक ५ हजार रुपैयाँ लाग्नेछ ।

साथै बीमा नियमावली २०८० मा बीमा सर्भेयर हुनका लागि इन्जिनियरिङ्ग विषयमा कम्तिमा स्नातक तह उत्तीर्ण, चार्टर्ड एकाउन्टेन्सी परिक्षा उत्तीर्ण, स्नातक उपाधि हासिल गरेको र कुनै निर्जीवन, लघु निर्जीवन वा पुनर्बीमक वा प्राधिकरणमा कम्तीमा दश वर्ष अधिकृत पदमा काम गरेको हुनुपर्नेछ ।

त्यस्तै, स्नातक गरेको र अन्तर्राष्ट्रिय रुपमा मान्यताप्राप्त बीमा सम्बन्धी इन्स्टिच्युटबाट निर्जीवन बीमामा एशोसियटशिप वा सो सरहको उपाधि हासिल गरेको र संस्थागत सर्भेयरको रुपमा इजाजतपत्र प्राप्त गर्नको लागि सो कम्पनीको प्रमुख कार्यकारी वा उच्च व्यवस्थापक मध्ये कम्तीमा एक जनाले बीमा सर्भेयरको सम्बन्धीत विषयको तालिम लिई परिक्षा उत्तीर्ण गरेको हुुनुपर्दछ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*