नेशनल लाइफ इन्स्योरेन्सद्वारा बीमा दावी भुक्तानी

२४ जेष्ठ २०८०, बुधबार १७:३८

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीको धनकुटा शाखाबाट बाल अमृत सावधिक–१ जीवन बीमा अन्तर्गत प्रस्तावक (बच्चाको पिता) को निधन भएको हुँदा जीवन बीमाको सेवा सुविधालाई मध्य नजर गर्दै एक लाख रुपैयाँको बीमा दावी भुक्तानी गरेको हो ।

साथै अब आउने दिनमा जीवन बीमाको वार्षिक किस्ता जम्मा गर्नु पर्ने छैन र बीमा अवधि पूरा हुन २ वर्ष अगाडि बीमा रकमको २५ प्रतिशत, बीमा अवधि पूरा हुन १ वर्ष अगाडि पुर्न बीमा रकमको २५ प्रतिशत र बीमा अवधि पुरा हुँदा बाँकी रहेको ५० प्रतिशत र १५ वर्षको बोनस फेरि प्रदान गरिने कम्पनीले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*