दोल्ती पावर र भुगोल इनर्जीको शेयर कतिमा खुल्यो ?, नेप्से खुलेको केही समयमा नै सर्किट
२५ जेष्ठ २०८०, बिहीबार ११:०६

काठमाडौं । दोल्ती पावर र भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको शेयर आजदेखि कारोबारमा आएको छ । यी दुई कम्पनीको आइपीओ नेप्सेमा बुधबार सूचीकृत भई आजदेखि कारोबार खुलेको हो ।
दोल्ती पावर कम्पनीको आइपीओ २६१ रुपैयाँमा खुलेको छ । यो समाचार तयार पार्दासम्म कम्पनीको आइपीओमा सकारात्मक सर्किट लागेर शेयरमूल्य २८७ रुपैयाँ १० पैसा पुगेको छ ।
त्यस्तै, भुगोल इनर्जीको आइपीओ २०२ रुपैयाँ ८० पैसामा खुलेको छ । यो समाचार तयार पार्दासम्म कम्पनीको शेयर सर्किट लागेर अर्थात ९.९६ प्रतिशतले बढेर शेयरमूल्य २२३ रुपैयाँ पुगेको छ ।