एलआइसी नेपालको नयाँ बोनसदर सार्वजनिक, अधिकतम ६४ रुपैयाँसम्म बोनसदर निर्धारण

२५ जेष्ठ २०८०, बिहीबार ११:१५

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेड (एलआइसी नेपाल)ले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७७।०७८ को नयाँ बोनसदर सार्वजनिक गरेको हो ।

कम्पनीको आर्थिक वर्ष २०७७।२०७८ को आर्थिक स्थितीको लेखाजोखा तथा दायित्व मुल्याङ्कन सम्बन्धी बीमाङ्कीबाट तयार गरिएको बिमाङ्कीय प्रतिवेदन बीमा प्राधिकरणको २०८० जेठ १९ गतेको पत्र मार्फत स्वीकृत भई कम्पनीको मुनाफामा सारिक हुने गरी जारी गरिएका विभिन्न बीमालेखहरुमा दिने बोनस दर घोषणा गरेको हो । कम्पनीले विभिन्न बीमालेखहरुमा प्रतिहजार न्युनतम ३९ रुपैयाँदेखि ६४ रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ ।

कम्पनीले सावधिक जीवन बीमा (३३३,३५२, ३५७ योजनामा प्रतिहजार न्यूनतम ५० रुपैयाँदेखि अधिकतम ६४ रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ । यस बीमा योजनमा ५ देखि ९ वर्ष अवधिको लागि प्रतिहजार ५० रुपैयाँ, १० देखि १४ वर्ष अवधिको लागि प्रतिहजार ५१ रुपैयाँ,१५ देखि १९ वर्ष अवधिको लागि प्रतिहजार ५२ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि प्रतिहजार ५५ रुपैयाँ,२५ देखि माथि अवधिको लागि प्रतिहजार ६४ रुपैयाँ बोनस दिने घोषणा गरेको छ ।

साथै रुपान्तरित सावधिक जीवन बीमा(३४२ योजनामा कम्पनीले प्रति हजार ३९ रुपैयाँदेखि ४९ रुपैयाँसम्म बोनस दिने भएको छ । यस बीमा योजनमा ५ देखि ९ वर्ष अवधिको लागि प्रतिहजार ३९ रुपैयाँ, १० देखि १४ वर्ष अवधिको लागि प्रतिहजार ३९ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि प्रतिहजार ४१ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि प्रतिहजार ४३ रुपैयाँ, २५ देखि माथि अवधिको लागि प्रतिहजार ४९ रुपैयाँ बोनस दिने घोषणा गरेको छ ।

साथै यता बाल सावाधिक(३४९) बीमा योजनामा कम्पनीले प्रतिहजार ५१ रुपैयाँदेखि ६४ रुपैयाँसम्म बोनस दिने भएको छ । यस बीमा योजनमा १५ देखि १९ वर्ष अवधिको लागि प्रतिहजार ५१ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि प्रतिहजार ५५ रुपैयाँ,२५ देखि २९ वर्ष अवधिको लागि प्रतिहजार ६३ रुपैयाँ र ३० देखि माथि अवधिको लागि प्रतिहजार ६४ रुपैयाँ बोनस दिने घोषणा गरेको छ ।

त्यस्तै, अग्रिम भुक्तानी सावधिक जीवन बीमा(३५८) योजनामा कम्पनीले १० र १५ वर्ष अवधिको लागि प्रतिहजार ५५ रुपैयाँ बोनस दिने भएको छ ।

त्यस्तै, धन फिर्ता(३३४,३३५,३३६,३३७,३३९,३४३) बीमा योजनमा कम्पनीले १५ वर्ष अवधिको लागि प्रतिहजार ५६ रुपैयाँ, २० वर्ष अवधिको लागि प्रतिहजार ५७ रुपैयाँ र २५ वर्ष अवधिको लागि प्रतिहजार ६० रुपैयाँ बोनसदर घोषणा गरेको छ ।

त्यस्तै, बाल सावधिक अग्रिम भुक्तानी (३४०,३४१) योजनामा कम्पनीले १५ वर्ष अवधिसम्मको लागि प्रतिहजार ५५ रुपैयाँ,१६ देखि २० वर्ष अवधिको लागि प्रति हजार प्रतिहजार ५७ रुपैयाँ र २१ वर्षदेखि माथि अवधिको लागि प्रतिहजार ६० रुपैयाँ बोनसदर घोषणा गरेको छ । यस बीमा योजन अन्तर्गत सबैभन्दा धेरै १६ देखि २० वर्ष अवधिको योजना खरिद भएको छ । यस अवधिको १८ हजार ३४६ वटा बीमालेख खरिद भएका हुन् । यस अवधिमामा बीमितले प्रतिहजार ५७ रुपैयाँ बोनस पाउनेछन् ।

साथै आजीवन बीमा योजना (३४५,३६०) कम्पनीले १० वर्ष अवधिको लागि प्रतिहजार ५२ रुपैयाँ, १५ वर्ष अवधिको लागि ५३ रुपैयाँ, २० वर्ष अवधिको लागि प्रतिहजार ६२ रुपैयाँ बोनदर दिने घोषणा गरेको छ । यस बीमा योजन अन्तर्गत सबैभन्दा धेरै २० वर्ष अवधिको योजना खरिद भएको छ । यस अवधिको २१ हजार १०५ वटा बीमालेख खरिद भएका हुन् । यस अवधिमामा बीमितले प्रतिहजार ६२ रुपैयाँ बोनस पाउनेछन् ।

एकल बीमा शुल्क भुक्तानी योजना (३५९)मा कम्पनीले न्युनतम प्रतिहजार ४१ रुपैयाँदेखि ६३ रुपैयाँसम्म बोनस दिने घोषणा गरेको छ । यस बीमा योजनामा ५ देखि ९ वर्ष अवधिको लागि प्रति हजार ४१ रुपैयाँ,१० वर्षदेखि १४ वर्ष अवधिको बीमा योजनामा प्रतिहजार ४९ रुपैयाँ, १५ वर्षदेखि १९ वर्ष अवधिको लागि प्रतिहजार ५२ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि प्रति हजार ५७ रुपैयाँ र २५ वर्ष अवधिको लागि प्रतिहजार ६३ रुपैयाँ बोनसदर घोषणा गरेको छ ।

यस बीमा योजन अन्तर्गत सबैभन्दा धेरै २५ वर्षदेखि माथिको योजना खरिद भएको छ । यस अवधिको ६८१ वटा बीमालेख खरिद भएका हुन् । यस अवधिमामा बीमितले प्रतिहजार ६३ रुपैयाँ बोनस पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*