इन्साइडर ट्रेडिङ कसुरमा दुई हाइड्रोपावरका अध्यक्ष विरुद्ध अदालतमा मुद्दा दायर

काठमाडौं । दुई हाइड्रोपावरका अध्यक्षले धितोपत्र दोस्रो बजारमा इन्साइडर टेड्रिङ गरेको आरोपमा नेपाल धितोपत्र बोर्ड (सेबोन)ले जिल्ला अदालतमा मुद्दा दायर भएको जनाएको छ । रिडी पावरका अध्यक्ष गुरु प्रसाद न्यौपाने र नेपाल हाइड्रो डेभलोपरका अध्यक्ष ज्ञानेन्द्रलाल प्रधान विरुद्ध मुद्दा दायर भएको हो ।
बोर्डका अनुसार रिडी पावरका अध्यक्षले उक्त कम्पनीको शेयर कारोबार गरेको कार्य धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९२ अनुसार इन्साइडर टेडिङमा संलग्न हुनसक्ने व्यक्ति भएको तथा कारोबार प्रकृति हेर्दा सोही ऐनको दफा ९१ बमोजिम भित्री कारोबार हुनसक्ने आधार देखिएकाले तहकिकात अधिकारी नियुक्त गरी छानबिन अगाडि बढाइएकोमा उक्त अधिकारीको प्रतिवेदन तथा जिल्ला सरकारी वकिलको राय समेतका आधारमा सो कम्पनीका अध्यक्ष न्यौपाने विरुद्ध मुद्धा दायर भएको हो ।
साथै यता नेपाल हाइड्रो डेभलोपरको कारोबार प्रकृति हेर्दा धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९१ अनुसार इन्साइडर टे«ेडिङ हुनसक्ने आधार देखिएकाले सो सम्बन्धमा विस्तृत तहकिकात गर्न तहकिकात अधिकारी नियुक्त गरि छानबिन अगाडी बढाइएकोमा सो सम्बन्धमा तहकिकात अधिकारीको प्रतिवेदन तथा जिल्ला सरकारी वकिलको राय समेतका आधारमा धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९७ तथा ९८ अनुरुपको कसुर गरेको देखिएको हुँदा कम्पनीका अध्यक्ष प्रधानविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर भएको धितोपत्र बोर्डले जनाएको छ ।
नेपाल धितोपत्र बोर्डले ३१औं वार्षिकोत्सवको अवसरमा प्रकाशन गरेको लेख विशेषाङ्कमा धितोपत्रको भित्री कारोबारको अनुसन्धानमा समेटिएको छ ।