नेप्सेमा सिटी होटल लिमिटेडको आइपीओ सूचीकृत, ओपनिङ्ग रेञ्ज कति ?

२५ जेष्ठ २०८०, बिहीबार १३:५९

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सिटि होटल लिमिटेडको आईपीओ सूचीकृत भएको छ । कम्पनीको आइपीओ आज ‘सिवाइटिवाई’ सिम्बोलबाट सूचीकृत भएको हो । कम्पनीको अंकित मूल्य १०० रुपैयाँ दरका कुल १ करोड ६७ लाख ४० हजार कित्ता शेयर सूचीकृत भएको हो ।

नेप्सेले पहिलो कारोबारका लागि कम्पनीको ८७ रुपैयाँ ८३ पैसादेखि २६३ रुपैयाँ ४९ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ । आइतबारको स्पेशल प्रि ओपन सेसनमा कारोबार भएपश्चात कम्पनीको शेयर दोस्रो बजारमा कारोबार गर्न सकिनेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*