मल्टीपर्पस फाइनान्सको ४ लाख कित्ता संस्थापक शेयर सर्वसाधारणमा परिवर्तन

२५ जेष्ठ २०८०, बिहीबार १४:०६

काठमाडौं । मल्टीपर्पस फाइनान्स लिमिटेडको शेयर संरचना परिवर्तन भएको छ । कम्पनीले शेयर संरचना परिवर्तन गर्न आवश्यक सम्पूर्ण प्रक्रिया पुरा गरी नेप्से समक्ष परिवर्तित धितोपत्रको संरचना अभिलेख अनुरोध गरेकाले नेप्सेले संस्थाको शेयर संरचना अभिलेख गरेको हो ।

सो अनुसार अब कम्पनीको शेयरे संस्थापकको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत (५१ः४९) अनुपातमा कायम भएको छ । अर्थात् संस्थापक समूहको ४ लाख ६ हजार ८०० कित्ता शेयर जेठ २४ गतेको निर्णयअनुसार सर्वसाधारण शेयरमा परिर्वतन भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*