दुई कम्पनीको शेयरमा सर्किट, अन्य कुनले कति कमाए ?

२५ जेष्ठ २०८०, बिहीबार १५:०६

काठमाडौैं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार झिनो अंकले बढेको छ । आज शेयर बजार ७.२७ को अंकले बढेर १९३९ को बिन्दुमा कायम भएको छ ।

शेयर बजार बढेसँगै आज दुई कम्पनीको शेयरमूल्यमा सर्किट लागेको छ । आज दोल्ती पावर कम्पनी र भुगोल इनर्जि डेभलपमेन्ट कम्पनीको शेयरमा सर्किट लागेको छ ।

त्यस्तै, बिहीबार मनकामना स्मार्ट लघुवित्तको ७.३८, सानिमा जिआइसी इन्स्योरेन्सको ७.३८, हिमालयन एभरेष्ट इन्स्योेरेन्सको ७ प्रतिशतले शेयरमूल्य बढेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*