बिहीबार यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए
२५ जेष्ठ २०८०, बिहीबार १५:१४

काठमाडौैं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार झिनो अंकले बढेको छ । आज शेयर बजार ७.२७ को अंकले बढेर १९३९ को बिन्दुमा कायम भएको छ ।
शेयर बजार बढेतापनि आज केही कम्पनीको शेयरमूल्य चाहि घटेको छ । आज कारोबार भएका कम्पनीहरु मध्ये रिभर फल्स् पावरको शेयर सर्वाधिक प्रतिशतले बढेको छ ।
त्यस्तै, खप्तड लघुवित्त, ग्लोवल आइएमई ब्यालेन्स्ड फण्ड १, सिटिजन्स् म्युचुअल फण्ड, स्वीत गङ्गा हाइड्रोपावर लगायतका कम्पनीको शेयरमूल्य घटेको छ ।