शेयरबजारमा सामान्य अंकको सुधार, २ अर्बमाथिको कारोबार

२५ जेष्ठ २०८०, बिहीबार १५:१५

काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयरबजारमा झिनो अंकको सुधार देखिएको छ । नेप्से परिसूचक ७.२७ अंकले बढेर १९३९ विन्दुमा कायम हुन पुगेको छ ।

नेप्सेमा सूचीकृत २७३ कम्पनीको ५९ लाख ६२ हजार ९३ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ३० करोडमाथिको कारोबार भएको छ । नेप्सेमा सामान्य सुधार देखिएसँगै आज कारोबार रकम पनि बढ्न पुगेको छ ।

नेप्सेमा रहेका १३ उपसूचकमध्ये बैकिङ्ग इन्डेक्स, होटल तथा पर्यटन, हाइड्रोपावर, उत्पादन तथा प्रशोधन उपसूचक बाहेकका सबै सूचकमा हरियाली छाएको छ ।
सर्वाधिक व्यापार उपसूचक ५.५८ प्रतिशतले बढेको छ भने होटल तथा पर्यटन उपसूचक ०.९३ प्रतिशतले घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*