प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्सको साधारणसभा आज, यस्ता छन् एजेण्डा

२६ जेष्ठ २०८०, शुक्रबार ०७:१८

काठमाडौं। प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्सले साधारणसभा आज बस्दैछ । प्रभु लाइफको साधारणसभा काठमाण्डौको लैनचौरस्थित लैनचौर ब्यांक्वेटमा र महालक्ष्मी लाइफको वार्षिक साधारणसभा काठमाण्डौको धुम्बाराहीस्थित होटल अकामामा बिहान ११ बजेबाट हुने भएको छ।

दुवै कम्पनीको सभाले प्रभु लाइफ र महालक्ष्मी लाइफबीचको मर्जर प्रक्रिया पारित गर्नेछ। मर्जरपश्चात कम्पनीको नाम ‘प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड’ रहने विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।

प्रभु लाइफ र महालक्ष्मी लाइफको दुवै सभाले बराबरी हैसियत अर्थात १ः१ सेयर स्वाप रेसियोमा गाभिने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ। मर्जर प्रयोजनका लागि हालसम्म गरिएका सम्पूर्ण सम्झौतालगायत कार्यहरु पनि सभाले स्वीकृत गर्नेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*