सूर्यज्योति लाइफकोे व्यतित बीमालेख नविकरण गर्दा छुट पाउने अब ३ दिन बाँकी

२६ जेष्ठ २०८०, शुक्रबार ११:२८

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीबाट जारी भई समयमा बीमाशुल्क भुक्तानी नगरी व्यतित भएका बीमालेखहरुमा यही जेठ १२ गतेदेखि जेठ २८ गतेसम्म नविकरण गराउँदा बिलम्ब शुल्कमा ३५ प्रतिशत छुट दिने भएको हो ।

कुनै कारणवस बीमाशुल्क भुक्तानी गर्न बाँकी रही हालसम्म व्यतित भएका बीमालेखहरुमा लाग्ने विलम्ब शुल्कमा ३५ प्रतिशत छुट प्रदान गरिने कुरा कम्पनीले जनाएको छ । यस अवसरको सदुपयोग गरी आफ्नो बीमालेख समयमै सक्रिय बनाई ढुक्क रहन कम्पनीले आग्रह गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*