एशियन बीमा सम्मेलन २०२३ काठमाडौंमा सुरु, प्राकृतिक प्रकोप न्यूनिकरणमा बीमाको उल्लेखनीय भूमिका रहने अर्थमन्त्री डा. महतको विश्वास

२६ जेष्ठ २०८०, शुक्रबार १२:५४

काठमाडौं । आजदेखि काठमाडौंमा दुई दिने एशियाली बीमा सम्मेलन सुरु भएको छ । अर्थमन्त्री डा. रामशरण महतले दुई दिने एशियाली बीमा सम्मेलनको आज काठमाडौंमा उद्घाटन गरेका छन् । एशियाका २५ देशका बीमा सम्बन्धी नियामकीय निकाय लगायतको उपस्थिति रहने सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै डा. प्रकाशशरण महतले यस क्षेत्रमा बढ्दै गएको प्राकृतिक प्रकोप लगाउतका जोखिमहरुमा बीमा क्षेत्रका प्रभावकारी न्यूनिकरण गर्ने विश्वास व्यक्त गरेका छन् ।

डा. महतले दीगो विकास र समृद्धिका लागि बीमाको अपरिहार्यताबारे उल्लेख गर्दै जलवायु परिवर्तन र प्राकृतिक प्रकोपबाट हुने जोखिमका सम्बन्धमा बीमा क्षेत्रले महत्वपूर्ण भूमिका खेल्न सुझाव दिएका छन् । मन्त्री डा. महतले आजको अवस्थामा जोखिमहरु अनिश्चित रहेको भन्दै परम्परागत र नयाँ शैलीको जोखिम न्यूनिकरण गर्न काम गर्नुपर्ने बताए । मन्त्री महतले दीगो विकास लक्ष्यका लागि समेत बीमाको महत्वपूर्ण भूमिका हुने बताएका छन् । ‘हाम्रो बीमा क्षेत्रमा लचिलोपन निर्माण गर्ने प्रयासमा, सहकार्य र नवीनता सर्वोपरि छ । नियामकहरू, बीमाकर्ताहरू, पुनर्बीमाकर्ताहरू, र दलालहरूले बलियो जोखिम व्यवस्थापन ढाँचाहरू विकास गर्न, पर्यवेक्षक संयन्त्रहरू बढाउन, र नवीनताको संस्कृति प्रवर्द्धन गर्न हात मिलाएर काम गर्नुपर्छ। नीति धारकहरूको हितको रक्षा गर्न र प्राविधिक विकासहरू अँगाल्न र नयाँ उत्पादन प्रस्तावहरू अन्वेषण गर्न बीमाकर्ताहरूलाई प्रोत्साहित गर्ने बीच सन्तुलन कायम गर्न आवश्यक छ’, मन्त्री डा. महतले भने ।

नेपाल बीमा प्राधिकरण र बीमा नियामकहरुको अन्तर्राष्ट्रिय संस्था आईएआईएसले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले सबै सहभागीहरुलाई स्वागत गरेका थिए । कार्यक्रममा एशियाली विकास बैंकका वित्तीय विश्लेषक अरुप चितर्जीले आफ्नो मन्तव्य राखेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*