महालक्ष्मी लाइफ इन्स्योरेन्सको पाँचौ साधारण सभा सम्पन्न, मर्जरसम्बन्धी सम्पूर्ण प्रस्ताव पारित

२६ जेष्ठ २०८०, शुक्रबार १४:४२

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्सको पाँचौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा कम्पनीका अध्यक्ष मनोरञ्जन रमण शर्माको अध्यक्षतामा होटल अकामा, धुम्बाराही, काठमाडौंमा सम्पन्न भएको हो ।

सो सभामार्फत सभाले महालक्ष्मी लाइफ र प्रभु लाइफ इन्स्योरेन्सबीचको मर्जर प्रक्रिया स्वीकृत गर्ने प्रस्ताव पारित गरेको छ । मर्जरपछि कम्पनीको नाम ‘प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स रहने विशेष प्रस्ताव पनि सभाले स्वीकृत गरेको छ ।

साथै सभाले प्रभु र महालक्ष्मी लाइफबीचको मर्जरका लागि कायम १ः१ सेयर स्वाप रेसियो पनि अनुमोदन गरेको छ । मर्जर प्रयोजनका लागि हालसम्म गरिएका सम्पूर्ण सम्झौतालगायत कार्यहरु पनि सभाले स्वीकृत गरेको छ ।

आपसमा मर्ज भएपछि बन्ने कम्पनीका सञ्चालक समितिमा कम्पनीका तर्फबाट प्रतिनिधिहरु तोक्ने अधिकार सञ्चालक समितिलाई प्रत्यायोजन गर्ने प्रस्ताव पनि सभाले पारित गरेको छ । मर्जरपछि कम्पनीको केन्द्रीय कार्यालय काठमाण्डौको कमलादी रहने र सोहीबमोजिम प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने प्रस्ताव पनि सभाले अनुमोदन गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*