यस साता बीमा कम्पनीहरुको शेयरमूल्यमा बढोत्तरी, कुनको कति ?

२६ जेष्ठ २०८०, शुक्रबार १५:५९

काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयर बजार झिनो अंकले बढेको छ । कारोबारको अन्तिम दिन शेयर बजार ७.२७ अकले बढेर १९३९ को बिन्दुमा कायम भएको छ ।

बिहीबार बढेको शेयर बजारले निर्जिवन बीमाको क्षेत्रको सकारात्मक सुधार देखिएको छ । साताको अन्तिम दिन बिहीबार सबै समूहको शेयर बढेकोमा बैकिङ्ग, होटल, हाइड्रोपावर र उत्पादन तथा प्रशोधन लगायतका उपसूचक घटेका छन् ।

साताको अन्तिम कारोबारको दिन २ सय ७३ वटा कम्पनीका ५९ लाख ६२ हजार कित्ता शेयर दुई अर्ब ३० करोड ५८ लाख रुपैयाँमा कारोबार भएको देखिएको छ ।

कारोबारको अन्तिम दिनमा लाइफ इन्स्योरेन्सको उपसूचक १.४९ प्रतिशतले अर्थात १४५.७७ अंकले बढेर ९९३८.६६ को बिन्दुमा कायम भएको छ । त्यस्तै, अन्तिम कारोबारमा निर्जिवन बीमाको उपसूचक ५.१६ प्रतिशतले अर्थात ५०२.११ को अंकले बढेर १०२३४.१४ को बिन्दुमा कायम भएको छ ।

 

कारोबारको अन्तिम दिन जीवन बीमा कम्पनीहरु मध्ये सूर्यज्योति लाइफको शेयरमूल्य सबैभन्दा बढी प्रतिशतले बढेको छ । कम्पनीको शेयरमूल्य ४.९ प्रतिशतले बढेर ४८३ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

दोस्रो नम्बरमा प्रभु लाइफको शेयरमूल्य बढेको छ । कम्पनीको साताको अन्तिम कारोबार ४.४ प्रतिशतले बढेर ४६३ रुपैयाँ रहेको छ ।

तेस्रो नम्बरमा सानिमा रिलायन्स लाइफको रहेको छ । कम्पनीको साताको अन्तिम दिनको कारोबार ३.६८ प्रतिशतले बढेर ४५१ रुपैयाँमा भएको छ ।

साता कारोबारको अन्तिम दिन लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) को १.४२ प्रतिशतले बढेर १३५९ रुपैयाँ र नेशनल लाइफको १.६७ प्रतिशतले बढेर ५९६ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

बिहीबार शेयर बजारमा कारोबार भएका जीवन बीमा कम्पनीहरुको दाजोमा नेपाल लाइफको शेयरमूल्य घटेको छ । कम्पनीको अन्तिम कारोबार ०.२१ प्रतिशतले घटेर ६५३ रुपैयाँमा भएको छ ।

शेयरमूल्यको आधारमा

शेयरमूल्यको आधारमा लाइफ इन्स्योरेन्स कर्पोरेशनको शेयरमूल्य सबैभन्दा बढी रहेको छ । साता कारोबारको अन्तिम दिन कम्पनीको कारोबार १३५९ रुपैयाँमा भएको छ ।

दोस्रो नम्बरमा नेपाल लाइफको शेयरमूल्य रहेको छ । साता कारोबारको अन्तिम दिन कम्पनीको कारोबार ६५३ रुपैयाँमा भएको छ ।

तेस्रो नम्बरमा एशियन लाइफ रहेको छ । साता कारोबारको अन्तिम कम्पनीको शेयरमूल्य ६१४.२ रुपैयाँ रहेको छ ।

साता कारोबारको अन्तिम दिन नेशनल लाइफको शेयरमूल्य ५९६ रुपैयाँ, सूर्यज्योति लाइफको ४८३ रुपैयाँ, प्रभु लाइफको ४६३ रुपैयाँ र सानिमा रिलायन्स लाइफको ४५१ रुपैयाँमा कारोबार भएको छ ।

साता कारोबारको अन्तिम दिन शेयर बजारमा १० कम्पनीको कारोबार भएको छ ।

कारोबारको अन्तिम शाता निर्जीवन बीमा कम्पनीपहरु मध्ये सानिमा जिआइसी इन्स्योरेन्सको शेयरमूल्य सर्वाधिक बढेको छ । शेयर बजारमा कम्पनीको अन्तिम कारोबार ७.३८ प्रतिशतले बढेर ५२४ रुपैयाँमा भएको छ ।

दोस्रो नम्बरमा हिमालयन एभरेष्ट इन्सोेरेन्स कम्पनीको शेयरमूल्य बढेको छ । कम्पनीको शेयरमूल्य ७ प्रतिशतले बढेर ५३५ रुपैयाँमा साताको अन्तिम कारोबार भएको छ ।

तेस्रो नम्बरमा आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सको शेयरमूल्य बढेको छ । कम्पनीको साताको अन्तिम कारोबार ६.५२ प्रतिशतले बढेर ४७४ रुपैयाँमा कारोबार भएको छ ।

साता कारोबारको अन्तिम दिन राष्ट्रिय बीमा कम्पनीको ६.२४ प्रतिशतले बढेर १६ हजार ३५० रुपैयाँमा, नेको इन्स्योरेन्सको ५.६१ प्रतिशतले ८२९ रुपैयाँमा, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ५.०९ प्रतिशतले बढेर ७१५ रुपैयाँ, नेपाल इन्स्योरेन्सको ४.३० प्रतिशतले बढेर ६३१ रुपैयाँ, एनएलजि इन्स्योरेन्सको ३.७९ प्रतिशतले बढेर ६८४ रुपैयाँ र प्रभु इन्स्योरेन्सको ३.४८ प्रतिशतले बढेर ५७४ रुपैयाँमा कारोबार भएको छ ।

साताको अन्तिम कारोबारमा सबैभन्दा कम शिखर इन्स्योरेन्सको शेयरमूल्य घटेको छ । कम्पनीको शेयरमूल्य ३.२४ प्रतिशतले बढेर ७६५ रुपैयाँमा कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*