नेपाल रिपब्लिक मिडियाको आइपीओमा पहिलो दिनमा कति पर्यो आवेदन ?

२६ जेष्ठ २०८०, शुक्रबार १७:४२

काठमाडौं । नेपाल रिपब्लिक मिडियाको आइपीओमा पहिलो दिनमै एक लाख ९९ हजार ७९९ जनाले आवेदन दिएका छन् । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार आज साँझ ५ बजेसम्म कम्पनीको आइपीओमा झण्डै दुई लाख आवेदकको आवेदन परेको हो ।

कम्पनीको आइपीओमा करिब २ लाखले २२ करोड ४० लाख ११ हजार रुपैयाँ बराबरको २२ लाख ४० हजार ११० कित्ताका लागि आवेदन दिएका हुन् ।

कम्पनीले आजदेखी सर्वसाधारणलाई आइपीओ बिक्री खुला गरेको हो । कम्पनीले आफ्नो जारी पुँजी ९६ करोड ७५ लाख रुपैयाँको ४४.९९२२ प्रतिशत अर्थात् ४३ करोड ५३ लाख रुपैयाँको आइपीओ बिक्रीमा ल्याएको हो । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा ४३ लाख ५३ हजार कित्ता सेयर निष्कासन गरेको हो । जसमा ४ प्रतिशतले हुन आउने १ लाख ७४ हजार १२० कित्ता सेयर कर्मचारी, ५ प्रतिशत ले हुन आउने २ लाख १७ हजार ६५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि व्यवस्था गरिएको छ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि ४ लाख ३५ हजार ३ सय कित्ता सेयर बिक्री गरिसकेको छ । बाँकी ३५ लाख २५ हजार ९३० कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

न्यूनतम १० कित्तादेखि अधिकतम ५ सय कित्तासम्म आवेदन दिन सक्नेछन् । आइपीओमा छिटोमा जेठ ३० गते र ढिलोमा असार ८ गतेसम्म आइपीओ खुला रहनेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*