नागरिक स्टक डिलर कम्पनीको औपचारिक रुपमा सेयर दलाल सेवा सञ्चालनमा

काठमाडौं । नागरिक स्टक डिलर कम्पनीले औपचारिक रुपमा सेयर दलाल सेवा सञ्चालन गरेको छ ।नेप्सेले डिलर कम्पनीलाई सदस्यता नम्बर ६० प्रदान गरेको छ । कम्पनीले जेठ २५ गतेबाट औपचारिक रुपमा नयाँ बानेश्वर स्थित कार्यालय (नागरिक लगानी कोषको पुरानो भवन) बाट धितोपत्र दलाल सेवाको सुरुवात गरेको हो ।
यसअघि नागरिक स्टक डिलरको सेयर कारोबार नेप्सेमा म्ण्ज्ञ बाट हुने गरेको थियो ।सरकारको वित्तीय क्षेत्र विकास रणनीति अनुरुप नेपालमै पहिलो पटक सरकारी स्वामित्वका संगठित संस्थाहरुको संयुक्त लगानीमा स्थापित यस नागरिक स्टक डिलर कम्पनी लिमिटेडले सेयर दलाल सेवा (ब्रोकर सर्भिस) संचालनबाट पुँजीबजारको विकास विस्तार र विविधिकरणमा मद्दत पुग्ने विश्वास लिएको छ ।
यस स्टक डिलरले नेपाल धितोपत्र बोर्डबाट २०७७ माघ ९ गते धितोपत्र व्यापारीको अनुमति प्राप्त गरी नेपाल स्टक एक्सचेन्जमा २०७७ माघ २९ गतेको सदस्यता वमोजिम ‘डी०१’ को संकेतबाट धितोपत्रको कारोबार गर्दै आईरहेको थियो ।