साताको शेयर बजारः नेप्से बढेपनि कारोबार रकम सुधार हुन सकेन, कुल बजार पूँजीकरण ४ प्रतिशतले बढेर कति पुग्यो ?

२७ जेष्ठ २०८०, शनिबार १०:४५

काठमाडौं ।  यस साता नेप्से परिसूचक ३.९३ प्रतिशतमा पुगेको छ। गत साता १८६६.३४ विन्दुमा बन्द भएको नेप्से, यस साता ३.९३ प्रतिशत अर्थात ७३.२७ अंक बढेर १९३९.६१ विन्दुमा पुगेको छ।यस साता ५ कारोबार दिनमध्ये नेप्से परिसूचक ४ कारोबार दिन उकालो लागेको छ भने एक कारोबार दिन बढेर बन्द भएको छ। यस साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको थियो।

यस साता सेन्सेटिभ इण्डेक्स २.४७ प्रतिशत बढेको छ भने फ्लोट इण्डेक्स ३.७६ प्रतिशत र सेन्सेटिभ फ्लोट इण्डेक्स २.४४ प्रतिशत बढेको छ।

नेप्से बढेपनि यस साता निक औषत कारोबार रकम भने घटेको छ। गत साता दैनिक औषतमा २ अर्ब २४ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा २ अर्ब ६ करोडको मात्र शेयर कारोबार भएको छ। गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम ८.०७ प्रतिशत घटेको हो। त्यसैगरी, यस साता नेप्सेको दैनिक औषत शेयर संख्या २२.११ प्रतिशत घटेको छ भने दैनिक औषत कारोबार संख्या २.६९ प्रतिशत घटेको छ।

यस साता नेप्सेको कुल बजार पूँजीकरण ४ प्रतिशत बढेको छ। गत साताको अन्तिम कारोबार दिन २७ खर्ब २४ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता १ खर्ब ७ अर्ब रुपयाँ बढेर २८ खर्ब ३४ अर्ब रुपैयाँ पुगेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*