श्रृजनशील लघुवित्तको चौथो वार्षिक साधारण सभा असार १५ गते , यस्ता छन् एजेण्डाहरु

२८ जेष्ठ २०८०, आईतवार ०६:३६

काठमाडौं । श्रृजनशील लघुवित्तको चौथो वार्षिक साधारण सभा असार १५ गते श्रृजनशील लघुवित्तको चौथो वार्षिक साधारण सभा असार १५ गते हुने भएको छ । सभा कम्पनीको केन्द्रीय कार्यालय, गोलबजार नगरपालिका(७, चोहर्वा सिराहामा उक्त दिन बिहान ११ बजे शुरु गर्ने कम्पनीले जानकारी दिएको छ ।

सभाले अन्य लघुवित्तसँग मर्जरमा जान उपयुक्त देखिएमा सम्पूर्ण प्रक्रिया अगाडि बढाउने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै कम्पनीका प्रबन्धपत्र र नियमावलीमा नियमनकारीहरूबाट कुनै विषयमा थप संशोधन वा भाषिक संशोधन गर्न वा फेरबदल गर्न निर्देशन भएमा सोहीबमोजिम संशोधन गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने अर्को विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ । सोही सभाबाट सर्वसाधारण शेयरधनीका तर्फबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको छनोट गरिनेछ ।

त्यस्तै सभाले आर्थिक वर्ष २०७८र७९को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ । साधारण सभा प्रयोजनको लागि कम्पनीले असार ४ गते एक दिन बुक क्लोज गर्ने जानकारी दिएको छ । यस बुक क्लोजको आधारमा असार ३ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*